फेसबुकमा रवि लामिछानेको आक्रोश : संसद चल्दैन, बार्गेनिङ चल्छ

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक निरन्तर अवरूद्ध भएकोमा आक्रोश व्यक्त गरेका छन् । सोमबारका दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो । सारिएको समयमा समेत बैठक बस्न नसकेपछि लामिछानेले फेसबुकमा स्टेटस लेखेका थिए । उनले संसदमा जनताका विषयमा छलफल नभई बार्गेनिङ मात्रै चलिरहेको आरोप [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक निरन्तर अवरूद्ध भएकोमा आक्रोश व्यक्त गरेका छन् ।

सोमबारका दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो । सारिएको समयमा समेत बैठक बस्न नसकेपछि लामिछानेले फेसबुकमा स्टेटस लेखेका थिए । उनले संसदमा जनताका विषयमा छलफल नभई बार्गेनिङ मात्रै चलिरहेको आरोप लगाएका छन् ।

‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन छ । जनसरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुःखद’, लामिछानेले लेखेका छन् ।

त्रिभुवन विमानस्थलको भन्सार हुँदै बाहिरिएको करिब एक क्विन्टल सुन प्रकरणमा प्रमुख प्रतिपक्ष एमालेले एमालेले उच्च स्तरीय छानबिन समिति माग गरेर संसद बैठक अवरोध गरिरहेको छ ।

संसद खुलाउनका लागि ठूला दलका शीर्ष नेताहरु सोमबार दुई पटक बैठक बसेका भए पनि संसद खुलाउने बारे सहमतिमा पुग्न सकेका छैनन् ।

Share News