
फाइल तस्बीर
काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।
बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग गरेर संसद अवरोध गर्दै आएको छ ।
संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरेको हो ।
सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउन सत्तारुढ दल सहमत भएका छैनन् ।