
फाइल तस्वीर
काठमाडौं । एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अबरूद्ध गरेको छ ।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको एमालेले सोमबार पनि बैठकमा अवरोध गरेको हो ।
राष्ट्रियसभाको बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरेका थिए ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सांसदहरुलाई बसेर बैठकको कारबाही अघि बढाउन सहयोगको आग्रह गरेका थिए ।
एमाले सांसदहरुले अध्यक्षको आग्रह नमानेर उठिरहेपछि राष्ट्रिय सभाको बैठक बुधबार सम्मका लागि स्थगित भएको अध्यक्ष तिमल्सिनाले बताए ।