अर्थ समितिको जिम्मा कांग्रेसलाई, कुन समितिमा कसकाे नेतृत्व ?

<p>काठमाडौं । संसदीय समितिको भागबन्डा टुंगिएको छ । आइतबार साँझ बसेको प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएका हुन् । जसअनुसार प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले चार वटा समिति पाएको छ भने चौथो र पाँचौँ ठूलो दलका रूपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व पाएका छैनन् । आइतबारको [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । संसदीय समितिको भागबन्डा टुंगिएको छ । आइतबार साँझ बसेको प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएका हुन् ।

जसअनुसार प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले चार वटा समिति पाएको छ भने चौथो र पाँचौँ ठूलो दलका रूपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व पाएका छैनन् ।

आइतबारको बैठक अनुसार कांग्रेससँगै दोस्रो ठूलो दलका रुपमा रहेको नेकपा एमालेलाई तीन, माओवादी केन्द्रलाई दुई, नेकपा एस, जसपा र जनमत पार्टीलाई एक/एक समिति दिईएको हो ।

समितिको भागबन्डा प्रतिनिधिसभा दलहरूको संख्याका आधारमा गरिएको जनाईएको छ ।

कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाइ विशेष समिति, राज्य व्यवस्था समिति र कृषि समितिको नेतृत्व पाएको छ । एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेतृत्व पाएको छ ।

माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानव अधिकार समिति, नेकपा एसले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथार जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व पाएका हुन् ।

समितिको सभापतित्व कुन दलले गर्नेभन्ने टुंगो लागेसँगै दलहरुले सभापति छनोट गर्नेछ ।

आइतबार साँझ दलहरुले निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १२ बजे संसदीय समितिलाई पूर्णता दिन शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छलफलका लागि बोलाएका हुन् ।

Share News