फेरिए जाजरकोट र अछामको प्रमुख जिल्ला अधिकारी

<p>काठमाडौं । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनार र अछाममा शरदकुमार पोखरेललाई जिम्मेवारी दिईएको मन्त्तालयले जनाएको छ । अछामका सीडिओ शिवराम न्यौपानेले स्वास्थ्य समस्या देखाउँदै सरुवा मागेपछि मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव पोखरेलले जिम्मेवारी दिईएको [&hellip;]</p>

काठमाडौं । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ ।

जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनार र अछाममा शरदकुमार पोखरेललाई जिम्मेवारी दिईएको मन्त्तालयले जनाएको छ ।

अछामका सीडिओ शिवराम न्यौपानेले स्वास्थ्य समस्या देखाउँदै सरुवा मागेपछि मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव पोखरेलले जिम्मेवारी दिईएको हो ।

जाजरकोटको सीडिओको जिम्मेवारी पाएका सुनार यसअघि मोरङ र बाकेँमा सहायक प्रजिअका रूपमा काम गरिसकेका छन् ।

त्यस्तै पोखरेलसँग मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ भने राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भैसकेका हुन् । यस्तै, उनी काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पुरा गरिसकेका छन् ।

Share News