मन्त्री गुरुङको निर्देशन- समस्या देखाएर पन्छिने होइन, समाधान गरेर काम गर्नुहोस्

<p>काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएकी हुन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको २०७९/०८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम [&hellip;]</p>

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् ।

आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएकी हुन् ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको २०७९/०८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठिलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री गुरुङले मनदेखि नै काम गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएकी हुन् ।

उनले भनिन्, ‘समस्या छ भनेर मात्र होइन, समाधान गर्ने गरी अघि बढनुहोस्, मन्त्रालयले गर्नुपर्ने निर्णय समयमा नै गरेर अघि बढछ ।’

आयोजना, विभाग र मन्त्रालयको समन्वयको कामलाई प्रभावकारी रुपमा अघि बढाइने प्रतिबद्धता जनाउदै गुरूङले अन्तर मन्त्रालयको समन्वयको कामलाई पनि उच्च प्राथमिकता दिइने बताइन् ।

मन्त्रालयले गत आर्थिक बर्षमा अपेक्षाअनुसार पुँजीगत खर्च गर्न नसकेको बताउँदै मन्त्री गुरुङले यस आर्थिक बर्षमा लक्ष्य अनुसारको पुँजीगत खर्च बढाउनको लागि आयोजनाका प्रमुखहरुलाई निर्देशन दिएकी छिन् ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका रविन्द्रनाथ श्रेष्ठले रुग्न आयोजनाहरुमा अब धेरै अलमलिन नहुने बताउँदै काम नगर्ने निर्माण व्यवसायीहरुसँग ठेक्का तोडेर अघि बढन निर्देशन दिएका छन् ।

‘पुँजीगत खर्च बढाउन ध्यान दिनुपर्छ, अहिलेको पुँजीगत खर्च सन्तोषजनक छैन, यस आर्थिक बर्षमा लक्ष्य अनुसारको खर्च गर्न समयमा नै काम अघि बढाउनुहोस्’, श्रेष्ठले भने ।

शहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक बर्षमा ३८ अर्ब ९५ करोड ७९ लाख ४ हजार विनियोजन भएकोमा ५९ प्रतिशत वित्तिय र ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस आर्थिक बर्षमा विभागको लागि २९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Share News