
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले मौद्रिक नीतिका सम्बन्धमा दिएका सुझाव राष्ट्र बैंकले सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताएका छन् ।
बिहीबार महासंघले आयोजना गरेको आर्थिक नीतिले परिवर्तन गरेका कर नीति र मौद्रिक नीतिको असर विषयक कार्यशाला गोष्ठीमा ढकालले अर्थतन्त्रको समस्या समाधान गर्ने गरी मौद्रिक नीति नआएको बताए ।
मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर जारी भइरहेको र निजी क्षेत्रको सुझाव त्यसमा समेटिने अपेक्षा ढकालले व्यक्त गरे ।
‘बजेट र मौद्रिक नीति दुवैमा अर्थतन्त्रका वर्तमान आर्थिक समस्या तत्काल समाधान गर्ने गरी सरकारले आएन ।
राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर जारी भइरहेको छ । निजी क्षेत्रले मौद्रिक नीतिमा दिएका सुझावहरु सर्कुलरमा समेट्ने अपेक्षा रहेको छ’, ढकालले भने ।