एनआरएनए अध्यक्षमा केशव पौडेलले उम्मेदवारी दिने

<p>एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने उनले बताएका छन् । हालै क्यानडामा आयोजित एनआरएनए कार्यक्रममा पौडेलले आफूलाई नेतृत्वमा अघि बढ्नका लागि एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए सदस्यले सुझाव आएको उनले बताए । नागरिकताको मुद्दामा केही सकारात्मक परिवर्तन भएको र त्यसलाई टुंगोमा पुर्&#x200d;याउन पनि एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएको उनले बताए । [&hellip;]</p>

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव डा. केशव पौडेलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने उनले बताएका छन् ।

हालै क्यानडामा आयोजित एनआरएनए कार्यक्रममा पौडेलले आफूलाई नेतृत्वमा अघि बढ्नका लागि एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए सदस्यले सुझाव आएको उनले बताए ।

नागरिकताको मुद्दामा केही सकारात्मक परिवर्तन भएको र त्यसलाई टुंगोमा पुर्‍याउन पनि एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएको उनले बताए ।

गैरआवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरु अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीयहरु बञ्चित भएको उनले बताएका छन् ।

विभिन्न ठूला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ उठाउनुपर्ने उनले बताए ।

संस्था ठूलो भएकाले भद्दा र नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि पौडेलले एजेण्डा बनाएका छन् । यसका अलावा विदेशमा बस्ने नेपालीहरुका प्रमुख समस्याहरुमा मुखर भएर लाग्ने पौडेलले बताएका छन् ।

अमेरिकामा कार्यरत पौडेल व्यवसायिक चिकित्सा पेसामा आवद्ध छन् ।

Share News