कर्णाली डेभलपमेन्ट बैंकको नाफा साढे ४ करोड रुपैयाँ, लाभांश क्षमता ९.३० प्रतिशत

<p>काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो । बैंकको नाफा धनात्मक भएसँगै ९.३० प्रतिशत लाभांश वितरण गर्ने क्षमता बैंकसँग रहेको छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा [&hellip;]</p>

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो ।

बैंकको नाफा धनात्मक भएसँगै ९.३० प्रतिशत लाभांश वितरण गर्ने क्षमता बैंकसँग रहेको छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा ४ करोड ९३ लाख १७ हजार रुपैयाँ रहेको छ ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ८२.४५ प्रतिशत बढेर १६ करोड ४८ लाख ३५ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ९ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ६.३३ प्रतिशत घटेर १ करोड ६६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६७.८६ प्रतिशत बढेर १८ करोड १४ लाख रुपैयाँ, सञ्चालन नाफा ४ करोड ४३ लाख रुपैयाँ धनात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५० करोड २८ लाख रुपैयाँ, जगेडा कोष ३७६.८२ प्रतिशत बढेर १० करोड २७ लाख रुपैयाँ, बैंकको निक्षेप २.८५ प्रतिशत बढेर ४ अर्ब ६० करोड ९२ लाख रुपैयाँ र कर्जा लगानी ३.३४ प्रतिशत बढेर ३ अर्ब ३७ करोड ५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । अघिल्लो आर्थिक वर्षमा ७.५४ रुपैयाँ ऋणात्मक रहेको बैंकको प्रतिसेयर आम्दानी ८.८१ रुपैयाँ धनात्मक भएको हो । बैंकको मूल्य आम्दानी अनुपात ४४.५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२०.४३ रुपैयाँ रहेको छ ।

लघुवित्तको खराब कर्जा ०.५२ प्रतिशत बढेर ३.९२ प्रतिशत पुगेको छ । लघुवित्तको कस्ट अफ फण्ड ९.३ प्रतिशत, आधार दर १२.५१ प्रतिशत र इन्ट्रेस्ट स्प्रेडदर ४.७६ प्रतिशत छ ।

Share News