२० करोड २२ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय

<p>काठमाडौं । विश्व वातावरण सुविधा (जीईएफ) बाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैंकले उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उक्त सहायता दिगो भूव्यवस्थापनमार्फत लखनदेही [&hellip;]</p>

फाइल तस्बिर।

काठमाडौं । विश्व वातावरण सुविधा (जीईएफ) बाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैंकले उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उक्त सहायता दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि खर्च हुने उनले बताइन् ।

त्यसैगरी, मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन नियमन गर्ने (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको शर्माले जानकारी दिइन् ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको उनले बताइन् ।

Share News