
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेललेसुन तस्करी प्रकरण छानविनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले प्राविधिक पक्षलाईसमेत ख्याल गरेर पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष छानवीन गर्नुपर्ने बताएका छन् ।
‘सुन तस्करी प्रकरणमा राज्य जुन ढंगले गम्भीर हुनुपर्ने हो, त्यो देखिएको छैन । संसदमा छलफल हुनुपर्छ । टेक्निकल कुरा पनि बुझेका मान्छेहरु राखेर छानविन समिति बनाउनुपर्छ’, पौडेलले भने, ‘मैले त पूर्व न्यायाधिशको नेतृत्वमा छानविन समिति बनाउने, त्यसलाई संसदले निगरानी गर्ने, सम्पूर्ण टेक्निकल पक्षलाई ख्याल गरेर सुन तस्करी प्रकरण निर्मम ढंगबाट छानबिन गरिनुपर्छ ।’