कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

<p>काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले मंगलबार नै प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी [&hellip;]</p>

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले मंगलबार नै प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।

यसअघि पनि उनी सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, उनको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

उक्त रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर हुने फैसला गरेको थियो । अहिले सत्तारुढ गठबन्धनले सभामुखलाई राजीनामा गराएर थापालाई मुख्यमन्त्रीमा समर्थकको संख्या पुर्‍याएको छ ।

तर, विश्वासको मत लिने अवस्थामा भने थापाको मुख्यमन्त्री पद कायम नरहने सक्ने जोखिम अझै छ ।

Share News