प्रस्तावित राजदूतको उजुरीमा छलफल नै नहुने

<p>काठमाडाै‌ं । विभिन्न मुलुकका लागि प्रस्तावित राजदुतहरुबारे परेको उजुरीमाथि संसदीय सुनुवाई समितिमा छलफल नहुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्न लायक नै नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने विषयमा बैठकमा आम सहमति भएको [&hellip;]</p>

फाइल तस्वीर

काठमाडाै‌ं । विभिन्न मुलुकका लागि प्रस्तावित राजदुतहरुबारे परेको उजुरीमाथि संसदीय सुनुवाई समितिमा छलफल नहुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो ।

उजुरी छलफल गर्न लायक नै नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने विषयमा बैठकमा आम सहमति भएको समितिका ज्येष्ठ सदस्य एवं सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राजदूत सिफारिस समावेशी नभएको निष्कर्ष निकाल्दै बैठकले सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई बोलाउने निर्णय गरेको छ ।

साउन १७ गते बस्ने बैठकमा सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाउने निर्णय गरिएको कार्कीले बताए ।

सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदुतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदुतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम प्रस्ताव गरेको थियो ।

संसदीय सुनुवाई समितिले उनीहरूमाथिको सुनुवाई प्रक्रिया सुरू गर्नका लागि यस अघिको बैठकमा उजुरी आह्वान गरेको थियो ।

संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Share News