मिटरब्याजसम्बन्धी २३ हजार ९६१ उजुरी दर्ता, २२ जिल्लामा छैनन् मिटरब्याज पीडित

<p>काठमाडौं । अनुचितल लेनदेन (मिटरब्याज)सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार ९६१ उजुरी दर्ता भएको छ । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म २ हजार ५२० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए । उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल १ [&hellip;]</p>

काठमाडौं । अनुचितल लेनदेन (मिटरब्याज)सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार ९६१ उजुरी दर्ता भएको छ ।

गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म २ हजार ५२० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए ।

उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल १ अर्ब २० करोड ४६ लाख २४ हजार ८१२ रुपैयाँ कारोबार भएको उल्लेख थियो । त्यही पीडितहरुमाथि साहुले भने २ अर्ब २२ करोड २५ लाख ९२ हजार १९९ रुपैयाँ माग दाबी गरेको भेटिएको छ ।

त्यसमध्ये अहिलेसम्म ८४ करोड ३६ लाख ८३ हजार ३४ रुपैयाँ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताए । मिलापत्र गरेर कूल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिए ।

Share News