काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरी संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।
मंगलबार अपराह्न ४ बजे बस्ने गरी परिषद्को बैठक बोलाईएको प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले जनाएको छ । कार्यलयका अनुसार मंगलबारको बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डा रहेको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि आगामी साउन २० गते सकिंदैछ । प्रधानन्यायाधीश कार्कीको पदावधि सकिन लागेपछि नयाँ सिफारिसको तयारी गरिएको हो ।