सुनको कनेक्सन जोडिएको भन्दै होटलमा राजश्व विभागको छापा

<p>काठमाडौं । एक सय क्विन्टल सुन प्रकरणमा कनेक्सन जोडिएको भन्दै राजश्व अनुसन्धान विभागले ठमेलको एक होटलमा छापा मारेको छ । आइतबार विहान विभागले ठमेलमा रहेको होलट भियनामा छापा मारेको हो । विभागको टोलीले आइतबार बिहान उक्त होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको स्कुटरको ब्रेक शु [&hellip;]</p>

काठमाडौं । एक सय क्विन्टल सुन प्रकरणमा कनेक्सन जोडिएको भन्दै राजश्व अनुसन्धान विभागले ठमेलको एक होटलमा छापा मारेको छ । आइतबार विहान विभागले ठमेलमा रहेको होलट भियनामा छापा मारेको हो ।

विभागको टोलीले आइतबार बिहान उक्त होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको स्कुटरको ब्रेक शु मा भेटिएको सुनमा दावाको कनेक्सन देखिएकोे भन्दै पक्राउ गरिएको विमाग स्रोतले जानकारी दियो ।

ठेमलमा रहेको भियना होलटले सञ्चालक दावाको श्रीमति हुन् भने उनी नेपाली मूलका बेल्जियम नागरिक हुन् ।

दावासँगै विभागले आइतबार नै सो होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू जफत गरी अनुसन्धान अघि बढाएको छ ।

Share News