ऋण तिरेको भन्ने मन्त्री किरातीलाई सञ्‍चय कोषको जवाफ : नियमित किस्ता नै आएको छैन

<p>काठमाडौं । नेपाल वायुसेवा निगमले ऋण तिरेको भनेर गरेको प्रचार जुटो भएको कर्मचारी सञ्चय कोषले दावी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले केही दिनअघि सार्वजनिक रूपमै वायुसेवा निगले धमाधम ऋण तिरिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । नेपाल वायुसेवा निगमको दुई वटा जहाज किन्ने बेलामा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रूपैयाँ [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमले ऋण तिरेको भनेर गरेको प्रचार जुटो भएको कर्मचारी सञ्चय कोषले दावी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले केही दिनअघि सार्वजनिक रूपमै वायुसेवा निगले धमाधम ऋण तिरिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

नेपाल वायुसेवा निगमको दुई वटा जहाज किन्ने बेलामा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रूपैयाँ ऋण लिएको थियो । अहिले उक्त ऋणको साँवा र ब्याज गरेर २९ अर्ब पुगेको कोषका प्रशासक जितेन्द्र धितालले बताए ।

‘वायुसेवा निगमका चार वटा विमानमध्ये तीन वटामा हामीले ‘फाइनान्सिङ’ गरेका छौँ, हामीले २२ अर्ब रूपैयाँ जति लगानी गरेका छौँ, त्यो ऋण बढेर २९ अर्ब जति पुगेको छ’, धितालले भने, ‘कोरोनाका कारण उसले ऋण तिर्न सकेन, पछिल्ला दिनमा निगमले तीन पटक हाम्रो ऋण तिरेको छ, निगमको दायित्व लगातार बढीरहेको छ, हामीले छलफल गर्दा तिर्न सक्दैनौँ भन्नुहुन्छ, अर्कातर्फ नयाँ जहाज खरिदमा लाग्नुभएको छ, यो अलिक मिल्दो भएन ।’

नेपाल वायुसेवा निगमले पनि विज्ञप्ति नै प्रकाशन गरेर ऋण तिरेको बताएको थियो । निगमले जहाज खरिद गर्ने बेलामा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट सरकारको जमानीमा ऋण लिएको थियो ।

निगमले साउन १ गते जारी गरेको विज्ञप्तिमा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई ८३ करोड नौ लाख ५५ हजार रुपैयाँ ऋण तिरेको बताएको थियो । मन्त्री किरातीले भने निगमको आर्थिक अवस्था सुधार भएको र ऋण तिर्न सक्ने अवसथामा पुगेको बताउने गरेका छन् ।

तर, कर्मचारी सञ्‍चय कोषका प्रशासक धिताल भने नियमितरुपमा पूरा किस्ता नआएको बताउँछन् ।

‘पछिल्ला दिनमा हामीले ऋण तिर्‍याैं भनेर जसरी उहाँहरुले प्रचार प्रसार गरिरहनु भएको छ, त्यसमा मलाई अचम्म लागेको छ । हामीलाई नियमितरुपमा पूरा किस्ता तिर्नुभएको छैन । अर्कोतर्फ हामीले तिर्‍याैं भनेर प्रचार गराउनुभएको छ’, धितालले भने ।

किस्ता तिरेको प्रमाण सुरक्षित छ : निगम

नेपाल वायुसेवा निगमले भने किस्ता तिरेको प्रमाण आफूहरुसँग सुरक्षित रहेको भन्दै कर्मचारी सञ्चय कोषलाई गलत प्रचार नगर्न भनेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले निगमले किस्ता तिरेको प्रमाण सुरक्षित रहेको बताए ।

‘हामीले गतल प्रचार गरेका छैनौँ, कोरोना कालमा किस्ता रकम भुक्तानी नभएकै हो, तर अहिले अवस्था सहज भएसँगै भुक्तानी गर्दै आएका छौँ’, उनले भने, ‘हामीले कोषको बैंक खातामा रकम जम्मा गरेका हौँ, भन्नेले के भने तर हामीसँग किस्ता भुक्तानी गरेको प्रमाण सुरक्षित छ ।’

गत आर्थिक वर्ष २०७९/०८० मा निगमले दुई कोषलाई झन्डै चार अर्ब बक्यौता रकम भुक्तानी गरिएको पौडेलले बताए ।

‘हामीले गत आर्थिक वर्ष केही नाफा गरेका थियाै‌ं, निगमले नाफा गरेसँगै लामो समयदेखि रोकिएको बक्यौता रकम हामीले भुक्तानी गरेका हौँ’, उनले भने, ‘कोरोना कालमा हाम्रो विजनेश नै थिएन, उक्त समयको ब्याज नलिन हामीले दुबै कोषसँगै सरकारलाई पनि अनुरोध गरेका छौं ।’

सम्बन्धित समाचार

वायुसेवा निगमले ऋण तिरेको प्रचार गर्यो तर किस्ता तिरेको छैन : प्रशासक धिताल

Share News