
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला करदाता कार्यालयको जिम्मा जनकराज शर्मालाई दिएका छन् ।
बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थमन्त्री महतले जगेडामा रहेका सहसचिव शर्मालाई ठूला करदाता कार्यालय पठाएका हुन् ।
कार्यालयका प्रमुख कर प्रशासक राजेश्वर ज्ञवालीलाई भने मन्त्रालय तानिएको छ।
मन्त्रालयका प्रवक्ता धनिराम शर्माले ज्ञवालीलाई मन्त्रालय तानिएको भन्दै जिम्मेवारी दिईनसकेको बताए । ‘यो नियमित प्रक्रिया हो, करदाता कार्यालयको जिम्मा शर्मालाई दिएर ज्ञवालीलाई मन्त्रालय तानिएको हो’, उनले भने ।
डा. मतहले अर्थमन्त्रालय प्रवेश गरेको एक सातामै शर्मासहित ३ सहसचिवलाई भित्र्याएका थिए ।
बजेट निर्माणका लागि अर्थ ल्याईएका अन्य सहसचिवको यसअघि नै पदस्थापना भइसकेको छ ।