क्‍वीन्टल सुन प्रकरणमा सरकारको जवाफ माग्ने एमाले संसदीय दलको निर्णय

<p>काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ । बुधबार संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने निर्णय गरेको एमालेका एक सांसदले जानकारी दिए । गृहमन्त्रीको संलग्नताबिना क्वीन्टलभन्दा बढी सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको ती सांसदले जानकारी दिए । एमालेको [&hellip;]</p>

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ ।

बुधबार संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने निर्णय गरेको एमालेका एक सांसदले जानकारी दिए ।

गृहमन्त्रीको संलग्नताबिना क्वीन्टलभन्दा बढी सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको ती सांसदले जानकारी दिए ।

एमालेको संसदीय दलको बैठकले सुन प्रकरणबारे संसदीय वा न्यायिक छानबिन समिति गठन गर्न माग गर्न निर्णय पनि गरेको छ ।

अघिल्लो मंगलबार १०० किलो सुन बरामद भएपछि एमालेले सो प्रकरणमा सरकारको संरक्षणविना आयात गर्न नसकिने भन्दै जवाफ माग्ने निर्णय गरेको हो ।

Share News