
काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।
त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट एक क्विन्टल सुन तस्करी प्रकरणपछि भन्सार प्रमुखको जिम्मेवारी फेरिएको हो ।
भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।
पोखरेल भने लामो समयदेखि विदामा बसेका छन् ।
२०७९ को पुस १० मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए ।