काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा संलग्नहरुलाई खोजेरै छाड्ने बताएका छन् । मंगलबार गोरखामा प्रत्रकारसम्मेलन गर्दै उनले तथ्य प्रमाणले भेटेसम्मका सबैलाई कारवाहीको दायरामा ल्याउने दाबी गरे ।
‘हामीले यसलाई अतिनै गम्भीर सम्बेधनसिशल भएर हेरिरहेका छौँ, प्रधानमन्त्रीज्यूकै उपस्थितिमा हामीले सम्पूर्ण विमानस्थलको सबै निकायलाई समन्वय गरेर नयाँ ढंगले व्यवस्थापन गर्ने भन्ने सोच बनाएका छौँ’, उनले भने ।
उनले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १ किलो सुन बाहिरिएपछि आगमन कक्षमा प्रहरीलाई तैनाथ गरिएको बताए ।
‘हामीले प्रारम्भीक कदमको रुपमा हामीले आगमन कक्षमा कही पनि लगेजको स्केनिङमा होस वा कार्गाेको स्क्रेनिङमा प्रहरीको उपस्थिति नै नहुने प्रक्रियामा उपस्थित गराउने काम गरेका छौँ, अन्यको हकमा प्रविधि सहित नयाँ व्यवस्थापन गर्ने तयारी गरेका छौँ’, उनले भने ।
उनले यसअघिका सुन तस्करी प्रकरणको अनुसन्धानलाई आधार बनाएर मंगलबार भएको सुन तस्करीको जरैसम्म पुग्ने प्रतिवद्धता व्यक्त गरे ।
‘हामीले समग्र अनुसन्धानको प्रक्रिाय पूरा गरेका छौँ, सुन तस्करी प्रकरणमा हामीले जरैसम्म अध्ययन गर्न निर्देशन दिएका छौँ, पहिला के भयो त्यसबाट हामीले शिक्षा लिने हो’, उनले भने, ‘पहिला भएका घटनालाई आधार बनाएर अहिलेको घटनाको सम्बन्धमा हामी त्यसको जरा सम्मै पुग्छौँ, जसले ल्यायो त्यसैलाई प्रारम्भीक रुपमा सोच्ने हो, हराउनै सक्दैन, हामी जरैसम्म पुगेरै छाड्छौँ ।’
यस्तै, उनले भ्रष्टाचारीहरूको सञ्जाल ठुलो भएकाले आफूले अभियान चलाउनुपरेको बताए ।
मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएकको सुनको विषयमा जवाफ माग गरेका थिए ।
ओलीले ठूलो गिरोहको संलग्नतामा सुन पास भएको भन्दै गृहमन्त्रीको संलग्नता भए नभएको बारेमा प्रश्न गरेका थिए । उनले गृहमन्त्रीको संलग्नता नभए सुन प्रकरणमा कसको संलग्नता रहेको प्रष्ट पार्न समेत आग्रह गरेका थिए ।
त्यसको जवाफ दिदैँ उनले जरैसम्म पुगेर अनुसन्धान गर्ने घोषणा गरेका हुन् ।