असारमा एक खर्ब ३० अर्बको आयात, ३३ अर्ब राजश्व संकलन

<p>काठमाडौं । नेपालमा एक महिनाको अबधिमा विभिन्न देशबाट झन्डै सवा खर्ब बराबरको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार असार महिनामा मात्रै नेपालले एक खर्ब ३० अर्ब ७५ करोड ६ लाख ४४ हजार रुपैयाँ बराबरको आयात गरेको हो । उक्त आयातबाट एक महिनाको अबधिमा ३३ अर्ब २२ करोड ७७ लाख २३ हजार [&hellip;]</p>

काठमाडौं । नेपालमा एक महिनाको अबधिमा विभिन्न देशबाट झन्डै सवा खर्ब बराबरको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार असार महिनामा मात्रै नेपालले एक खर्ब ३० अर्ब ७५ करोड ६ लाख ४४ हजार रुपैयाँ बराबरको आयात गरेको हो । उक्त आयातबाट एक महिनाको अबधिमा ३३ अर्ब २२ करोड ७७ लाख २३ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

गत जेठ महिनाको तुलनामा असारमा आयातमा कमी आउँदा राजश्व संकलन समेत प्रभावित बनेको छ ।

गत जेठ महिनामा मात्रै नेपालले एक खर्ब ४५ अर्ब ७४ करोड ८६ लाख ६४ हजार रुपैयाँ बराबरको आयात गरेको थियो । उक्त आयातबाट एक महिनाको अबधिमा ३५ अर्ब ५८ करोड ९७ लाख २४ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

गत आर्थिक वर्ष २०७९/०८० को एक वर्षको अबधिमा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड ७० लाख ७० हजार रुपैयाँ बराबरको आयात गरेको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशत कमी हो । अघिल्लो वर्ष नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

यस्तै, एक वर्षको अबधिमा नेपालले विभिन्न देशमा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २१.४४ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्ष नेपालले २ खर्ब ३० करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

कुन देशबाट कति आयात ?

भन्सार विभागले तथ्यांक अनुसार एक वर्षको अबधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नेपालले भारतबाट १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको सामानको आयात हुँदा १ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । आयातकोे तुलनामा निर्यातमा कमी आउँदा भारतसँग मात्रै ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

यस्तै, चीनबाट २ खर्ब २२ अर्ब ७१ करोड रुपैयाँ बरारबरको आयात हुँदा १ अर्ब ७६ करोड रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँगको व्यापारघाटा २ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बराबर छ ।

आयातको तुलनामा निर्यात कम हुँदा एक वर्षको अबधिमा नेपालले इन्डोनेसियासँग ४१ अर्ब १३ करोड रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग ३१ अर्ब १३ करोड रुपैयाँ र अर्जेन्टिनासँग २४ अर्ब ८५ करोड रुपैयाँ बढीको ब्यापार घाटा व्यहोरेको छ ।

भन्सारको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । जसमा एक खर्ब ५३ अर्ब ७६ करोड बराबरको डिजेल, ६६ अर्ब ८५ करोड बराबरको पेट्रोल तथा ५८ अर्ब १५ करोड बराबरको खाना पकाउने एलपी ग्यासको आयात गरेको छ ।

Share News