अर्थमन्त्रीले भने : मौद्रिक नीति राम्रो आयो अब व्याजदर घट्छ

<p>काठमाडौं । अर्थमन्त्री डा.प्र्रकाशशरण महतले मौद्रिक नीति राम्रो आएको बताएका छन् । प्रेस युनियन रुपन्देहीले सोमबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मौद्रिक नीतिले ब्याजदरमा केही खुलुलोपन प्रस्ताव गरेको बताएका हुन । ‘मौद्रिक नीति सार्वजनिक भएको छ, ब्याजदरमा केही खुकुलोपन प्रस्ताव भएको छ, सुधारका केही पहल भएको छन्, त्यसले निजी क्षेत्रमा जाने लगानी सहज [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा.प्र्रकाशशरण महतले मौद्रिक नीति राम्रो आएको बताएका छन् । प्रेस युनियन रुपन्देहीले सोमबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मौद्रिक नीतिले ब्याजदरमा केही खुलुलोपन प्रस्ताव गरेको बताएका हुन ।

‘मौद्रिक नीति सार्वजनिक भएको छ, ब्याजदरमा केही खुकुलोपन प्रस्ताव भएको छ, सुधारका केही पहल भएको छन्, त्यसले निजी क्षेत्रमा जाने लगानी सहज हुनेछ’, मन्त्री डा. महतले भने, ‘ब्याजदर कम भएर जान्छ, त्यसले लगानीको वातावरण सहज बन्नेछ ।’

उनले वित्तीय र मौद्रिक नीतिको एटलै लक्ष्य आर्थिक वृद्धि रहेको भन्दै विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा सरकार लागेको बताए ।

‘वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने, मूल्यवृद्धि समग्रमा घटेको छ, विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा हामी अगाडि बढेका छौं’, उनले भने ।

तत्काल बजेट पुगेन, यता भएन, उता भएन जस्तो देखिन्छ, तर दीर्घकालमा परिणाम आउने गरी काम गरिरहेको मन्त्री डा. महतको भनाइ थियो ।

आवश्यक भएको सुधारका कार्यक्रम अगाडि बढाउने, अर्थतन्त्र चलायमान बनाएर राजस्वको आधार विस्तार गर्ने र राज्यको लगानी गर्ने क्षमता वृद्धि गर्नेतिर नै उन्मुख रहेको मन्त्री डा. महतको भनाइ छ । यसपटक श्रोतको कमीले धेरै विनियोजन प्रस्ताव गर्न नसकिएको यद्यपि आउँदा दिनमा त्यसको बाटो खोजी भइरहेको मन्त्री डा. महतले बताए ।

यस्तै, उनले चालू नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र भोलिसम्म प्रस्ताव पारित गरिने बताए ।

Share News