बुटवल पावर कम्पनी आइक्यानको गोल्ड अवार्डद्वारा सम्मानित

<p>काठमाडौं ।  बुटवल पावर कम्पनी लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)द्वारा गोल्ड अवार्डबाट सम्मानित भएको छ । आइक्यानले राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (नेशनल वेस्ट प्रेजेन्डेड एनुअल रिपार्ट अवार्ड २०२२), मा प्रदान गर्ने विधाहरूमध्ये पावर एण्ड इनर्जी क्षेत्रतर्फ बुटवल कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो । आइक्यानले आर्थिक बर्ष २०७८/७९ (२०२१/२२) मा कम्पनीले प्रकाशित [&hellip;]</p>

काठमाडौं ।  बुटवल पावर कम्पनी लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)द्वारा गोल्ड अवार्डबाट सम्मानित भएको छ । आइक्यानले राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (नेशनल वेस्ट प्रेजेन्डेड एनुअल रिपार्ट अवार्ड २०२२), मा प्रदान गर्ने विधाहरूमध्ये पावर एण्ड इनर्जी क्षेत्रतर्फ बुटवल कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

आइक्यानले आर्थिक बर्ष २०७८/७९ (२०२१/२२) मा कम्पनीले प्रकाशित गरेको बार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत र आइक्यानका अध्यक्ष भाष्कर सिँह लालाले संयुक्त रूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सो अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । कम्पनीको परिष्कृत बार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा)ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट बार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका दुई वटा जलविद्युत केन्द्रहरूबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६२ हजार ग्राहकहरूलाई विद्युत वितरण गरी आएको छ ।

हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरुमा पनि कम्पनीको लगानी रहेको छ भने पूर्ब निर्माणको चरणमा रहेका मस्र्याङ्डी बेसिन स्थित करिब ६०० मेगावाटको तीनवटा जलविद्युत आयोजनाहरुमा समेत लगानी रहेको छ ।

Share News