मौद्रिक नीति लचिलो र सकारात्मक : व्यवसायी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिप्रति व्यवसायीहरुले सकरात्मक प्रतिक्रिया दिएका छन् । व्यवसायीहरुले पहिलो आवासीय घरका लागि दिइने कर्जाको सीमा बढाएर २ करोड बनाउने विषय सकरात्मक भएको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीति सकारात्मक भएको बताए । घरजग्गामा दुुई करोडको सीमा र क्रेडिट [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिप्रति व्यवसायीहरुले सकरात्मक प्रतिक्रिया दिएका छन् ।

व्यवसायीहरुले पहिलो आवासीय घरका लागि दिइने कर्जाको सीमा बढाएर २ करोड बनाउने विषय सकरात्मक भएको बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीति सकारात्मक भएको बताए । घरजग्गामा दुुई करोडको सीमा र क्रेडिट वेटेज बढाउने विषय सकारात्मक भएको लोहनीले बताए ।

‘धेरै विषयहरु सर्कुुलर मार्फत् आउलान्, अहिले सकारात्मक नै हुनुपर्ने अवस्था छ, समग्रमा सन्तोषजनक नै छ तर हाम्रा अन्य धेरै मागहरु छुटेका छन्,’ लोहनीले भने ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आवासीय घरजग्गाको सीमा परिवर्तनले सकारात्मक सन्देश दिएको बताएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीति लचिलो आएको उनले बताए ।

‘सरसर्ती हेर्दा मौद्रिक नीति लचिलो नै आएको देखिन्छ, आवासीय घरजग्गाको सीमा बढ्नु, चालुपुँजी कर्जा मार्गदर्शन पुनरावलोकनका लागि तयार हुनु, बैंकदर घटाउने विषय, सेयर धितो कर्जा लगायतका विषय सकारात्मक छन्’, उनले भने ।

मौद्रिक नीति सकारात्मक भए पनि नेपाल चेम्बर अफ कमर्सले राखेको मागहरु सम्बोधन नभएको उनले बताए ।

Share News