काठमाडौं । बैंकबाट कर्जा लिने ठूलो ऋणीले प्यान लिनुपर्ने व्यवस्था हटाइने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘आर्थिक वर्ष २०८०÷८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा÷सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गरिने छ,’ मौद्रिक नीतिमा भनिएको छ ।