नेप्का र ग्वान्झाओ आर्विट्रेसन कमिशनबीच सहकार्यका निम्ति समझदारी

<p>काठमाडौं । नेपाल मध्यस्थता परिषद् (नेप्का) र चाइनास्थित ग्वान्झाओ आर्विट्रेसन कमिशन अन्तर्राष्ट्रिय मध्यस्थताको विषयमा सहकार्य गर्नका लागि चाइनाको ग्वान्झाओमा एक कार्यक्रमबीच आपसी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो। ग्वान्झाओ आर्विट्रेसन कमिशनद्वारा आयोजना गरिएको कार्यक्रममा नेप्काका अध्यक्ष डा। राजेन्द्रप्रसाद अधिकारी र ग्वान्झाओ आर्विट्रेसन कमिशनका महानिर्देशक छेन सिमिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा ग्वान्झाओका लागिनेपालका महावाणिज्य दूत [&hellip;]</p>

काठमाडौं । नेपाल मध्यस्थता परिषद् (नेप्का) र चाइनास्थित ग्वान्झाओ आर्विट्रेसन कमिशन अन्तर्राष्ट्रिय मध्यस्थताको विषयमा सहकार्य गर्नका लागि चाइनाको ग्वान्झाओमा एक कार्यक्रमबीच आपसी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो। ग्वान्झाओ आर्विट्रेसन कमिशनद्वारा आयोजना गरिएको कार्यक्रममा नेप्काका अध्यक्ष डा। राजेन्द्रप्रसाद अधिकारी र ग्वान्झाओ आर्विट्रेसन कमिशनका महानिर्देशक छेन सिमिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा ग्वान्झाओका लागिनेपालका महावाणिज्य दूत हरिशरण पुडासैनीको पनि सहभागिता रहेको थियो। उक्त कार्यक्रममा बोल्दै महावाणिज्य दूत पुडासैनीले नेपाल मध्यस्थता परिषद् र ग्वान्झाओ आर्विट्रेसन कमिशनबीच भएको यो समझदारीपत्रले दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै व्यवसायिक प्रकृतिका विवाद समाधानका लागि नेपालले गरेको प्रयासर यसका उपलब्धीहरुलाई विश्वकै आर्थिक केन्द्रको रुपमा विकास भइरहेको ग्वान्झाओ सहरमा रहेको ग्वान्झाओ आर्विट्रेसन कमिशन मार्फत उजागर गर्नु प्रशंसनीय रहेको बताए। नेप्काको यस कार्यले विदेशका लगानीकर्ताहरुलाई नेपालप्रति आकर्षित गर्न र नेपालमा विदेशी लगाउन भित्र्याउनका निमित्त महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

ग्वान्झाओ आर्विट्रेसन कमिशनका निर्देशक छेन सिमिङले नेपाल मध्यस्थता परिषद्सँग भएको यो समझदारीले अन्तर्राष्ट्रिय मध्यस्थताको विस्तार र सुदृढीकरणका लागि थप बल पुग्ने बताउँदै दुई देशबीचको आपसी सम्बन्धलाई मजबुत बनाउन समेत यस कार्यले मद्दत पुर्याउने बताए ।

सोही कार्यक्रममा बोल्दै नेपाल मध्यस्थता परिषद्का अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मध्यस्थताको निमित्त नेपाल र नेपाल मध्यस्थता परिषद् एक उपयुक्त स्थान हुने र आपसी सहकार्यबाट अन्तर्राष्ट्रिय मध्यस्थताको लागि दुबै संस्थाले मिलेर काम गर्न सक्छ भन्ने धारणा व्यक्त गरे ।

उक्त समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नेपाल मध्यस्थता परिषद्का महासचिव अधिवक्ता बाबुराम दाहाल, र सचिव अधिवक्ता थानेश्वर काफ्ले, महावाणिज्य दूताबासका वाणिज्य दूत कुञ्जन शाह र ग्वान्झाओ आर्विट्रेसन कमिशनका दो योङयाङ लगायतको उपस्थिति रहेको थियो।

Share News