सचिव राउतलाई छाड्न सर्वाेच्चको आदेश

<p>काठमाडौं । सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको छ । सीआईबिले ललिता निवास जग्गा प्रकरणमा जोडिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत पक्राउ गरेको थियो । तर, राउतका परिवार बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएका थिए । न्यायाधीश प्रकाशकुमार ढुंगाना [&hellip;]</p>

काठमाडौं । सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको छ ।

सीआईबिले ललिता निवास जग्गा प्रकरणमा जोडिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत पक्राउ गरेको थियो । तर, राउतका परिवार बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएका थिए ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई विदेश जान नपाउनेगरी छाड्ने आदेश दिएको हो ।

असार १२ गते पक्राउ परेका भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिर कुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

Share News