भन्सार जाँच पासमा प्रहरीलाई पनि सहभागी गराउँछौं : गृहमन्त्री श्रेष्ठ

<p>काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच पासमा प्रहरीलाई पनि समावेश गरिने बताएका छन् । गत मंगलबार विमानस्थल भन्सारबाट करीब एक क्वीन्टल सुन बाहिएपछि शुक्रबार अनुगमनमा गएका मन्त्री श्रेष्ठले भन्सार जाँच पासमा प्रहरीलाई पनि सहभागी गराउने बारे छलफल भएको बताए । ‘हामीले भन्सारका अधिकारीलाई तपाईंहरूलाई प्रहरी चाहिँदैन ? भनेर सोध्यौं [&hellip;]</p>

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच पासमा प्रहरीलाई पनि समावेश गरिने बताएका छन् ।

गत मंगलबार विमानस्थल भन्सारबाट करीब एक क्वीन्टल सुन बाहिएपछि शुक्रबार अनुगमनमा गएका मन्त्री श्रेष्ठले भन्सार जाँच पासमा प्रहरीलाई पनि सहभागी गराउने बारे छलफल भएको बताए ।

‘हामीले भन्सारका अधिकारीलाई तपाईंहरूलाई प्रहरी चाहिँदैन ? भनेर सोध्यौं । उहाँहरूले प्रहरी भए राम्रै हुन्छ भन्नुभएको छ । हामीले नै मन्त्रिपरिषदको बैठकमा प्रहरीलाई पनि सामेल गर्नुपर्छ भनेर छलफल गरेका छौं । यसबारे छाँडै आवश्यक निर्णय लिइन्छ’, मन्त्री श्रेष्ठले भने ।

सुन तस्करीमा तपाईकै नाम मुछिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री श्रेष्ठले यो प्रश्नको उत्तर खोज्न आवश्यक नै नभएको प्रतिक्रिया दिए ।

‘उत्तर खोज्नुपर्ने स्तरको प्रश्नै होइन यो । यो देशको भ्रष्टाचारविरोधी सुशासनको अभियानलाई कुनै पनि प्रकारबाट असफल पार्ने वा दिग्भ्रमित पार्ने प्रयासबाट विचलित गर्न सक्छु भनेर कसैले नसोचे हुन्छ’, उनले भने ।

सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पु¥याउने मन्त्री श्रेष्ठले बताएका छन् । घटनामा जोसुकै जोडिएको भए पनि आफूलाई समस्या नहुने र कारबाहीबाट पछि नहट्ने उनले बताए ।

‘यसको नेक्सस र रुटमा पुग्ने गरी कारबाहीको प्रक्रियामा जानुपर्छ भन्नेमा प्रधानमन्त्रीको पनि जोड रहेको छ । मैले सम्बन्धित अधिकारीलाई सोहीअनुसार निर्देशन दिएको छु’, उनले भने ।

Share News