सुन प्रकरणबारे बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री श्रेष्ठ

<p>काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उनी शुक्रबार बिहान भन्सार कार्यालय पुगेका हुन् । गृहमन्त्री श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन [&hellip;]</p>

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उनी शुक्रबार बिहान भन्सार कार्यालय पुगेका हुन् ।

गृहमन्त्री श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका छन् ।

Share News