काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा करिब एक सय केजी सुन बरामद गर्यो । विभागले विशेष सूचनाका आधारमा सो परिमाणको सुन बरामद गरेको बताइएको छ ।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार हङ्कङबाट आएको उक्त सुन ब्रेक सुभित्र लुकाएर ल्याइएको र सुन विमानस्थल भन्सारबाट पास भइसकेपछि विभागले नियन्त्रणमा लिएको हो ।
विभागका अधिकारीहरूका अनुसार उक्त सुन विशेष सुराकीका आधारमा ब्रेक सुभित्र सुन रहेको सूचना पाइएको छ । उक्त सुराकीले (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २९ अनुसार पुरस्कार पाउने विभागका प्रवक्ता नवराज अधिकारी बताउँछन् । उक्त दफा २९ को उपदफा १ मा सुन, हिराको हकमा १० प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन घटी हुन्छ सो बराबरको रकम दिइने उल्लेख छ।
सोअनुसार यो प्रकरणमा विशेष सूचना दिने सुराकीले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
के छ ऐनमा ?
