सुन तस्करी प्रकरण : भन्सार विभागले निलम्बन गर्याे २ कर्मचारी

<p>काठमाडौं । भन्सार विभागले सुन तस्करी प्रकरणमा जोडिएको भन्दै २ जना कर्मचारीलाई निलम्बन गरेको छ । भन्सार विभागले बुधबार विमानस्थल स्थित भन्सार जाँचपासको जिम्मा पाएका शाखा अधिकृत सन्तोष चन्द र नायवसुब्बा कुमार ढकाललाई निलम्बन गरेको हो । भन्सारबाट पास भएका सामग्रीमा सुन रहेको गोप्य सूचनाका आधारमा बुधबार विभागको टोलीले अनुसन्धान गदौ करिब १ क्विन्टल सुन [&hellip;]</p>

काठमाडौं । भन्सार विभागले सुन तस्करी प्रकरणमा जोडिएको भन्दै २ जना कर्मचारीलाई निलम्बन गरेको छ ।

भन्सार विभागले बुधबार विमानस्थल स्थित भन्सार जाँचपासको जिम्मा पाएका शाखा अधिकृत सन्तोष चन्द र नायवसुब्बा कुमार ढकाललाई निलम्बन गरेको हो ।

भन्सारबाट पास भएका सामग्रीमा सुन रहेको गोप्य सूचनाका आधारमा बुधबार विभागको टोलीले अनुसन्धान गदौ करिब १ क्विन्टल सुन बरामद गरेको छ । सुन बरामद भएसँगै बुधबार बिहानको भन्सार जाँचपासको जिम्मा पाएका कर्मचारीलाई निगरानीमा राखिएको छ ।

बाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ ।

Share News