दुइलाख नगदसहितको हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई

<p>काठमाडौं । नेपाल जनप्रशासन संघले गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरेको छ । संघले प्रधानलाई हेमबहादुर मल्ल सम्मान २०७७ र आचार्यलाई हेमबहादुर मल्ल सम्मान २०७८ बाट सम्मान गरेको हो । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन संघको आयोजनामा सम्पन्न कार्यक्रममा सम्मान पत्र र जनही दुई लाख रुपैयाँको पुरस्कार समेत प्रदान गरिएको थियो [&hellip;]</p>

काठमाडौं । नेपाल जनप्रशासन संघले गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरेको छ । संघले प्रधानलाई हेमबहादुर मल्ल सम्मान २०७७ र आचार्यलाई हेमबहादुर मल्ल सम्मान २०७८ बाट सम्मान गरेको हो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन संघको आयोजनामा सम्पन्न कार्यक्रममा सम्मान पत्र र जनही दुई लाख रुपैयाँको पुरस्कार समेत प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपतिले उपयुक्त पात्रहरुले सम्मान पाएकोमा खुसी व्यक्त गरे । मुलुकमा सदाचार, इमान्दारिता तथा पारदर्शिता अभिबृद्धि गर्न सबै क्षेत्रको पैरवी आवश्यक रहेको कुरा अगाडि सार्दै प्रशासन तथा व्यवस्थापन क्षेत्रमा सक्रिय भूमिका खेल्नु हुन शुभकामना व्यक्त गरे ।

नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटाले नेपाल सरकारको पूर्व सचिव, स्टाफ कलेजको पूर्व कार्यकारी निर्देशक र प्रशासन सुधार अनुगमन समितिको संयोजक भै उत्कृष्ट कार्य गरेवापत गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई हेम बहादुर मल्ल सम्मान २०७७ प्रदान गरिएको कुरा बताए । यसैगरी, नेपाल सरकारको पूर्व सचिव र महालेखा परीक्षक भै उत्कृष्ट कार्य गरेवापत भानु प्रसाद आचार्यलाई हेम बहादुर मल्ल सम्मान २०७८ प्रदान गरिएको कुरा पनि उल्लेख गरे ।

साथै, कार्यक्रममा सम्मान प्राप्त गर्ने गोरक्ष बहादुर न्हुच्छे प्रधानले के नेतृत्व परिवर्तन आजको आवश्यक्ता हो ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी, भानु प्रसाद आचार्यले उदारीकरण तथा आर्थिक सुधारको संक्षिप्त समीक्षा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

Share News