कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

<p>काठमाडौं । कैलालीका भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेका छैनन् । २ वटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७९÷०८० मा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको हो । कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९÷०८० मा भन्सार विभागले १२ अर्ब ३० करोड ६६ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेको [&hellip;]</p>

काठमाडौं । कैलालीका भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेका छैनन् । २ वटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७९÷०८० मा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको हो ।

कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९÷०८० मा भन्सार विभागले १२ अर्ब ३० करोड ६६ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेको थियो तर राजस्व भने ८ अर्ब २९ करोड ६३ लाख रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६७.४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए । लक्ष्यअनुसार राजस्व उठ्न नसकेको र विगतको तुलनामा कम राजस्व संलन भएको उनले बताए ।

टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न नसकेको उनको भनाइ छ । भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९÷०८० मा १६ करोड ९४ लाख, ४२ हजार रुपैयाँ राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकोे थियो । सत्ती भन्सारले ७ करोड, ३८ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए ।

‘आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुँदा राजस्व कम उठेको हो, सत्ती भन्सार कार्यालय खक्रौला भएर आउने भारततर्फको सडक राम्रो नभएकाले पनि भन्सारबाट लक्ष्यअनुसारको राजस्व नउठेको हो,’ उनले भने ।

Share News