कोशी प्रदेश सरकारले पहिचान पक्षधरलाई बोलायो वार्तामा

<p>काठमाडाैं । कोशी प्रदेश सरकारले आन्दोलनकारीलाई संवादबाट समस्याको हल खोज्न आह्वान गरेको छ । कोशी नामविरूद्धको आन्दोलन चर्किँदै जान थालेपछि प्रदेश सरकारले यस्ताे आह्वान गरेको हाे । कोशी प्रदेश सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तव्य जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् । ‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार [&hellip;]</p>

काठमाडाैं । कोशी प्रदेश सरकारले आन्दोलनकारीलाई संवादबाट समस्याको हल खोज्न आह्वान गरेको छ । कोशी नामविरूद्धको आन्दोलन चर्किँदै जान थालेपछि प्रदेश सरकारले यस्ताे आह्वान गरेको हाे ।

कोशी प्रदेश सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तव्य जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् ।

‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ, नामाङ्कनको बारेमा आफ्ना विमतिहरुलाई शान्ति पूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादका माध्यमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ, मन्त्री सिटौलाले भनेका छन ।’

प्रदेश सरकारलाई पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न सांसदहरूले पनि तीव्र दबाब दिँदै आएका छन् । फागुन १७ मा प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् ।

Share News