काठमाडौं । सरकारले विदेशबाट ल्याउने सुनको मापदण्ड फेरेको छ । सरकारले आर्थिक ऐन २०८० मार्फत विदेशबाट सुन ल्याउन पाउने मापदण्ड परिवर्तन गरेको हो ।
नयाँ मापदण्ड अनुसार अब विदेशबाट फर्किनेले ल्याउने ५० ग्रामसम्मको सुनको गहनामा महसुल लाग्ने छैन । यद्यपी यसमा पुरुष र महिनाको लागि फरक मापदण्ड रहेको छ ।
नयाँ मापदण्ड अनुसार पुरुषले २५ ग्राम र महिलाले ल्याउने ५० ग्रामसम्मको सुनको गहनामा महसुल लाग्ने छैन । यस्तै, पहिलो ५० ग्रामसम्म प्रचलित दर अनुसारको कर लाग्नेछ भने ५० ग्रामभन्दा बढीमा प्रचलित दर अनुसार भन्सारमा अतिरिक्त तीन प्रतिशत कर तिर्नु पर्नेछ ।
यसअघि महिला र पुरुषको हकमा एकै नियम रहेको थियो ।