सुरु भयो रोजगार मेला, ५४ कम्पनीले मागे ७०० बढी कर्मचारी

<p>काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आयोजना गरेको ‘जब फेयर २०२३’ (रोजगार मेला) सुरु भएको छ । सो मेला आज र भोलि अर्थात् जेठ १६ र १७ गते सञ्चालन हुनेछ । टेकुस्थित महासंघको भवनमा भइरहेको जब फेयर दुई दिन सञ्चालन हुने वस्तुगत उपाध्यक्ष हेमराज ढकालले बताए । युवालाई रोजगार र व्यापारमा जोड्नको लागि मेलाको आयोजना [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आयोजना गरेको ‘जब फेयर २०२३’ (रोजगार मेला) सुरु भएको छ । सो मेला आज र भोलि अर्थात् जेठ १६ र १७ गते सञ्चालन हुनेछ ।

टेकुस्थित महासंघको भवनमा भइरहेको जब फेयर दुई दिन सञ्चालन हुने वस्तुगत उपाध्यक्ष हेमराज ढकालले बताए । युवालाई रोजगार र व्यापारमा जोड्नको लागि मेलाको आयोजना गरेको बताउँदै उनले भने, ‘सीप र क्षमता भएका तर रोजगार नपाएकाहरूकाे  लागि मेला उपयुक्त हुनेछ ।’

ढकालका अनुसार अवलोकनकर्ताले स्टलहरूको अवलोकन गरी रोजगारी सुनिश्चित पनि गर्न सक्ने छन् । ‘अवलोकनमा पुगेकाहरूको छनोट कम्पनी आफैले गर्ने छ, कम्पनीको आवश्यकता अनुसार विभिन्न पदमा कर्मचारीको छनोट गरिने छ,’ उनले भने ।

मेलामा ५४ वटा स्टल विभिन्न नामक कम्पनीले राखेको र उनीहरुलाई ७ सय बढी कर्मचारीको अवश्यताक रहेको महासंघले जानकारी दिएको छ ।

यस्तै, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाले कामको खोजीमा विदेश जानु पर्ने बाध्यतालाई अन्त्य गरी नेपालमा नै रोजगार दिन मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

रोजगारी सिर्जनामा ८५ प्रतिशत निजी क्षेत्र भूमिका रहेको उनी बताउँछन् ।

Share News