कमिशनकै लागि रासायनिक मलको रकम बढाईयो : प्रेम सुवाल

<p>काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कमिशनकै लागि रासायनिक मलमा अनुदानको रकम बढाईएको बताएका छन् । सोमबार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट जोत्ने किसानलाई बारी नभएको जस्तो भएको टिप्पणी गरे । ‘यो बजेट चुरे दहन गर्ने, महाभारत पनि बगाउने अनि देश नै डुवाउने आयो, यो बजेटमा चुरोको गिटी ढुंगा दोहन [&hellip;]</p>

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कमिशनकै लागि रासायनिक मलमा अनुदानको रकम बढाईएको बताएका छन् ।

सोमबार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट जोत्ने किसानलाई बारी नभएको जस्तो भएको टिप्पणी गरे ।

‘यो बजेट चुरे दहन गर्ने, महाभारत पनि बगाउने अनि देश नै डुवाउने आयो, यो बजेटमा चुरोको गिटी ढुंगा दोहन गर्ने भनिएको छ, त्यसकारण यो बजेटमा हाम्रो विरोध छ’, उनले भने ।

यस्तै, उनले ३ अर्ब कमिशनकै लागि रासायनिक मलमा ३० अर्ब बढी रकम विनियोजन गरिएको आरोप समेत लगाए ।

Share News