काठमाडौं । सहकारी संस्थाहरुको प्रभावकारी नियमनका लागि तेस्रो तहको नियामकको स्थापना गरिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सहकारीको नियमनका लागि तेस्रो तहको नियामक बनाइने बताएका हुन् ।