
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खरिद नियमावलीलाई परिमार्जन गरिने बताएका छन् । उनले आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् ।
‘सार्वजनिक खरिदलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन ऐन र नियमावलीमा आवश्यक परिमार्जन गरिने छ, ई ब्रिडिङलाई व्यवस्थित गरी सबै सार्वजनिक निकायमा विस्तार गरिने छ’, डा.महतले भनेका छन् ।
आयोजना कार्यान्वयनका लागि कार्तिक महिनाभित्र ठेक्का गरिसक्नुपर्ने व्यवस्था बजेटमा उल्लेख गरिएको छ ।