तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै नै पौने १३ खर्ब खर्च गर्नु पर्ने बाध्यता छ : अर्थमन्त्री महत

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले तलब भत्ता र सामाजिक सुरक्षामा नै बजेट बढी खर्च हुन थालेको बताएका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले कुल बजेटको १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै विनियोजन गर्नु पर्ने बाध्यता [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले तलब भत्ता र सामाजिक सुरक्षामा नै बजेट बढी खर्च हुन थालेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले कुल बजेटको १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै विनियोजन गर्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

साधारण खर्च नै करिव ७४ प्रतिशत हुने गरेकोले विकास खर्च बढाउन सरकारलाई धेरै चुनौति भएको उनले बताए ।

Share News