सबैभन्दा बढी खर्च कर्णालीमा, राजश्व संकलनमा लुम्बिनी पछाडी

<p>काठमाडौं । सात प्रदेशमध्ये सबैभन्दा बढी खर्च कर्णाली प्रदेश सरकारले गरेको पाईएको छ । अर्थमन्त्री डा प्रकाश शरण महतले आईतबार संसदमा प्रस्तुत गरेको आर्थिक सवेक्षण २०७९/०८० अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी खर्च १२ दशमलव ०३ प्रतिशत भएको हो । यस्तै, सुदूरपश्चिम प्रदेशको ६.०४, गण्डकीको ५.०४, लुम्बिनीको ४.३१, कोशीको ३.८४, मधेश प्रदेशको ३.४२ प्रतिशत र बागमति [&hellip;]</p>

काठमाडौं । सात प्रदेशमध्ये सबैभन्दा बढी खर्च कर्णाली प्रदेश सरकारले गरेको पाईएको छ ।

अर्थमन्त्री डा प्रकाश शरण महतले आईतबार संसदमा प्रस्तुत गरेको आर्थिक सवेक्षण २०७९/०८० अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी खर्च १२ दशमलव ०३ प्रतिशत भएको हो ।

यस्तै, सुदूरपश्चिम प्रदेशको ६.०४, गण्डकीको ५.०४, लुम्बिनीको ४.३१, कोशीको ३.८४, मधेश प्रदेशको ३.४२ प्रतिशत र बागमति प्रदेशको २.०९ प्रतिशत खर्च भएको हो ।

खर्चसँगै कर्णाली प्रदेशको राजश्व संकलन अन्य प्रदेशकोे तुलनामा उच्च छ । कर्णाली प्रदेशको ४.२०, सुदूरपश्चिम प्रदेशको २.६६, गण्डकीको २.५४, मधेश प्रदेशको २.३०, लुम्बिनीको २.०५ र बागमतिको १.९६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशको कुल खर्च आर्थिक वर्ष २०७७/०७८ को लुलनामा ०.७१ प्रतिशत न्यून भई १ खर्ब ८७ अर्ब ४८ करोड रहेकोे छ । आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशको कुल खर्चमध्ये चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापन तर्फको खर्च क्रमशः ४१.३ प्रतिशत, ५८ प्रतिशत र ०.८ प्रतिशत रहेको थियो ।

Share News