भोली सार्वजनिक विदा

<p>काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोली) सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भोटे जात्राको अवसरमा जेठ ११ गते, बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएकाे छ । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोली) सार्वजनिक विदा हुने भएको छ ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भोटे जात्राको अवसरमा जेठ ११ गते, बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएकाे छ ।

राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ ।

मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो भने यकिन छैन ।

 

Share News