राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट

<p>काठमाडौं । आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको छ । बजार सामान्य बढेर पनि कारोबार भने आइतबार एक अर्ब ६० करोड रुपैयाँको भएको छ । ४८ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा सो रकम बराबरको कारोबार भएको हो । [&hellip;]</p>

काठमाडौं । आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको छ ।

बजार सामान्य बढेर पनि कारोबार भने आइतबार एक अर्ब ६० करोड रुपैयाँको भएको छ । ४८ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा सो रकम बराबरको कारोबार भएको हो । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको ६ करोड १७ लाख रुपैयाँको भएको छ ।

यस्तै, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तिय संस्था रहेको छ । आज राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले प्रतिकित्ता १ हजार २८०.५० रुपैयाँ कमाएका छन् भने आत्मनिर्भर लघुवित्तको सेयरधनीे प्रतिकित्ता १०२.६० रुपैयाँ कमाएका छन् ।

Share News