काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघका सदस्य राहुल अग्रवालले दाल उद्योगको २५ अर्बको लगानी डुब्ने अवस्थामा रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा संघले गरेको चामल, तेल र दालको समसामायिक अवस्थाको बारेमा जानकारी दिन गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले यस विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।
२० वर्ष देखिनै नेपालबाट मसुरोको दाल निर्यात हुँदा अहिले सबै कृषिजन्य सामाग्री भारतबाट आयात हुने गरेको बताउँदै उनले भने, ‘देश यसरी नै आयातमुखी बनिरहे नेपाली उद्योग बन्द हुने उनी बताउँछन् ।’
यस्तै, संघका पूर्व अध्यक्ष कुमद कुमार दुगडले चामल निर्यात खोले कृषिकले ४ गुणा बढि पैसा पाउने बताए । उनले निजी क्षेत्रले पनि बिउ आयत गर्नु पाउनु पर्ने बताएका छन् ।