नेप्सेमा ७ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ७ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत बैशाख ३१ गते आइतबारदेखि जेठ ५ गते शुक्रबारसम्म मितेरी डेभलपमेन्ट बैंक, नेपाल बैंक, फरवार्ड लघुवित्त, कृषि विकास बैंक, साल्ट ट्रेडिङ्ग, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ७ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत बैशाख ३१ गते आइतबारदेखि जेठ ५ गते शुक्रबारसम्म मितेरी डेभलपमेन्ट बैंक, नेपाल बैंक, फरवार्ड लघुवित्त, कृषि विकास बैंक, साल्ट ट्रेडिङ्ग, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस वापतको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल बैंकको २ प्रतिशत बोनस वापतको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, फरवार्ड लघुवित्तको २५ प्रतिशत बोनस वापतको २१ लाख ११ हजार १२७.४६९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, कृषि विकासको २ प्रतिशत बोनस वापतको २६ लाख ३७ हजार ५८३.१५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १० प्रतिशत बोनस वापतको २ लाख ५३ हजार ५३१.१९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस वापतको २ लाख ४३ हजार ५६४.३० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस वापतको १२ लाख २१ हजार ७७२.३९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Share News