काठमाडौं । सिटी होटलको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शुक्रबार बिहान काठमाडौंमा आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधरणको लागि एक करोड १८ लाख ९५ हजार ३७० कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १० लाख ९२ हजार ६६७ आवेदकले आवेदन दिएका थिए ।
आवेदन दिएका मध्ये चार हजार ९९२ आवेदकको आवेदन रद्ध भएको छ र एक लाख ३५ हजार ५९४ जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्धारा न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको हो ।