काठमाडाैं । भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेकाे छ।
मंगलबार प्रहरी उनकाे ललितपुरको खुमलटारमा रहेकाे घरमा खानतलासी गर्न पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
रायमाझीलाई पक्राउ गर्न गत बुधबार नै जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ । पक्राउ पुँर्जी जारी गरेपछि उनी भैरहवाबाट काठमाडौं आउछु भनेर फरार रहेका छन् ।
खोज्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली परिचालन गरेकाे छ । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि काठमाडौंमा गएर प्रहरीको अनुसन्धानलाई सघाउने उनले बताएका थिए । तर लामो समयसम्म उनि प्रहरीको सम्पर्कमा नआएपछि सिआइबीको टोली परिचालन भएको हो ।