काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोशिमा कार्कीले अर्थमन्त्रीले एक तर्फ खर्च कटौती गर्ने भन्दै पाँच तारे होटलमा बैठक गरेको बताएकी छिन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै सांसद कार्कीले यस्तो बताएकी हुन् ।
‘पत्रपत्रिकामा अर्थमन्त्री ज्युले पूर्व अर्थमन्त्रीहरुसँग गर्नु भएको फोटो देखे, वाट एन आइरोनी, अर्थतन्त्र संकटमा छ र खर्च कटौती गर्नुपर्छ भन्ने र बैठक चाहिँ पाँच तारे होटलमा गर्ने, के बजेट र खर्च कटौती गरिब, किसान, विद्यार्थीलाई मात्र हो, के हामी यस्तो कार्यक्रम मन्त्रालयकै सभाहलमा पानी मात्रै खाएर गर्न सक्दैनौ,’ उनले भनिन् ।
उनले आगामी बजेटबाट यस्ता भत्तामुखी कार्यक्रमहरु हटाउनु पर्ने बताइन् ।
यस्तै, उनले राष्ट्रसेवक कमर्चारीको खर्च कटौती गर्नुको सट्टा जनप्रतिनिधीहरुको खर्च कटाउनुपर्ने पर्ने बताएकी छिन् ।