काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा एकैदिन १२ सय रुपैयाँले घटेको हो ।
नेपाली बजारमा आज घटेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजाबी सुन नेपाली बजारमा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार नेपाली बजारमा चाँदीको मूल्य तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।